Share on:

सिटीको लगातार चौथो जित
December 15th, 2025

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार लगातार चौथो जित निकाल्दै आफूलाई उपाधि होडमा कायम राखेको छ । उसले क्रिस्टल प्यालेसलाई सजिलै ३–० ले हरायो ।


त्यसमा इर्लिङ हालान्डले दुई र फिल फोडेनले एक गोल गरे । यो जितपछि पेप ग्वार्डिओलाको सिटीको १६ खेलबाट ३४ अंक भएको छ । शीर्षमा आर्सनलको ३६ अंक रहेको छ ।


अन्य खेलमा नटिंघम फरेस्टले टोटनहमलाई ३–०, सन्डरल्यान्डले न्युकासल युनाइटेडलाई १–० र एस्टन भिल्लाले वेस्ट ह्यामलाई ३–२ ले हरायो । यस्तै ब्रेन्टफोर्ड र लिड्स युनाइटेडले १–१ को बराबरी खेले ।


भिल्ला ३३ अंकमा दोस्रोमा छ भने सन्डरल्यान्ड २६ अंकमा सातौं स्थानमा छ ।


Swadesh Maharjan | December 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya