
आरबी लाइपजिगले जर्मन बुंडेसलिगामा शुक्रबार होफनहाइनमाथि ५–० को शानदार जित निकालेको छ । यो जितले लाइपजिग तेस्रो स्थानमा उक्लेको छ भने होफनहाइन पाँचौं स्थानमा झरेको छ ।
लिग तालिकामा लाइपजिग, स्टुटगार्ट र होफनहाइन तीनै टिम समान ५० अंकमा रहेका छन् । बायर्न म्युनिक ६७ र बोरुसिया डर्टमुन्ड ५८ अंकमा शीर्ष दुई स्थानमा छन् ।
लाइपजिगको जितमा ब्राजन ग्रुडा र क्रिस्टोफ बउमगार्टनरले दुई दुई गोल गरे । एक गोल भने बेन्जामिन हेनरिकको नाममा रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]