Share on:

युनाइटेडसँग बर्नमाउथको बराबरी
March 21st, 2026

खेलको अन्त्यतिर एलि जुनियर क्रुपीले पेनाल्टीबाट गरेको गोलको मदतले बर्नमाउथले इंग्लिस प्रिमियर लिगमा शुक्रबार म्यानचेस्टर युनाइटेडलाई २–२ को बराबरीमा रोकेको छ । यो बराबरीले दुवै टिमलाई फाइदा भने गर्ने छैन् ।


बर्नमाउथ ४२ अंकमा १० औं स्थानमा रहेको छ र लिगमा उसको यो लगातार पाँचौं बराबरी हो । यसले अर्को सिजन बर्नमाउथको युरोपमा खेल्ने सम्भावना कमजोर बनाएको छ । युनाइटेड ५५ अंकमा तेस्रो स्थानमा छ ।


युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलले अग्रता लिए लगतै रायन क्रिस्टीले बराबरी गोल फर्काएका थिए । जेम्स हिलको आत्मघाती गोलले युनाइटेड फेरि अगाडि रहे पनि क्रुपीले बराबरी गोल गरे ।


Swadesh Maharjan | March 21st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya