
इटाली लगातार तेस्रो पल्ट विश्वकपमा छनोट हुन सफल रहेपछि त्यहाँको फुटबल संघका अध्यक्ष ग्याब्रिले ग्राभिनाले बिहीबार राजीनामा दिएका छन् । संघको बैठकमा उनले पद छाड्ने निर्णय सुनाए ।
यसअघि मंगलबारको युरोपेली प्ले अफमा इटाली पेनाल्टी सुटआउटमा बोस्निया एन्ड हर्जगोभिनासँग पराजित भएको थियो । संघमा अब नयाँ नेतृत्वका लाग जुन २२ मा चुनाव हुनेछ । ग्राभिनाले राजीनामा दिएपछि इटालीका प्रमुख प्रशिक्षक गेनारो गटुसोले पनि आफ्नो पद छाड्ने सम्भावना बनेको छ ।
कुनै समय विश्व फुटबलको महाशक्ति रहेको इटालीको प्रदर्शन पछिल्लो समय लगातार खराव रहेको छ । यसै कारण इटालीमा फुटबल कम लोकप्रिय हुन थालेको पनि बताइएको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]