Share on:

युभेन्ट्स पनि उपाधि होडमा
January 13th, 2026

नयाँ सिजन राम्रो सुरुआत लिन असफल युभेन्ट्स अब इटालीको सिरी ए को उपाधि होडमा सामेल भएको छ । लय समाटेको युभेन्ट्सले सोमबार रातिको खेलमा क्रेमोन्सेलाई सजिलै ५–० ले हरायो ।


यो शानदार जितपछि युभेन्ट्सको २० खेलबाट ३९ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । यो शीर्षमा रहेको इन्टर मिलानसँग चार अंकको माक्र दूरी हो ।


त्रेमोन्से भने २२ अंकमा १३ स्थानमा रहेको छ । टुरिनको एलिनाज स्टेडियममा भएको खेलमा युभेन्ट्सका लागि ग्लेसन ब्रेमेर, जोनाथन डेविड, केनन यिल्डिज, वेस्टन म्याककेनीले गोल गरे । अर्को एक गोल भने आत्मघाती रहेको थियो ।


Swadesh Maharjan | January 13th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya