Share on:

लिभरपुल एफएकपको चौथो चरणमा
January 13th, 2026

लिभरपुलले सोमबार ब्रान्सलीलाई ४–१ ले पराजित गर्दै एफएकपको चौथो चरणमा प्रवेश गरेको छ । उसका लागि डोमिनिक सबोसलाई, जेरेमी फ्रिमपो, फ्लोरिन विर्टज र ह्युगो एकिटिकेले गोल गरे ।


लिग वान क्लबका लागि एस्ली फिलिप्सले एक गोल फर्काए । अब लिभरपुलले अर्को चरणमा ब्राइटनको सामना गर्नेछ । प्रतियोगिताको सोमबार नै ड्र निकालिएको छ ।


त्यस अनुसार आर्सनलले विगन, म्यानचेस्टर सिटीले सालफोर्ड अथवा स्विनडेन तथा एस्टन भिल्लाले न्युकासलल युनाइटेडको सामना गर्नेछ ।


Swadesh Maharjan | January 13th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya