Share on:

रियल र एलोन्सो नाटकीय ढंगले छुटिए
January 13th, 2026

स्पेनिस सुपरकप फाइनलमा पराजित भएको एक दिन नबित्दै रियल म्याड्रिड र प्रशिक्षक ज्याभी एलोन्सो नाटकीय ढंगले छुटिएका छन् । क्लब र प्रशिक्षकबीचको आपसी सहमतीको यो निर्णय लिइएको बताएको छ ।


अब उनको स्थानमा एल्भारो एरबेलोआले रियल सम्हाल्ने छन् । नयाँ प्रशिक्षक एरबेलोआले यसअघि रियलकै रिजर्भ टिम हेरिरहेका थिए । उनी रियलकै पूर्व खेलाडी समेत हुन् ।


एलोन्सो आएयता रियलको प्रदर्शन अपेक्षा अनुसार रहेको थिएन् र उनी आठ महिना मात्र क्लबमा टिके । स्पेनी ला लिगामा पनि रियल ४५ अंकमा दोस्रो स्थानमा छ र शीर्षमा रहेको बार्सिलोनालाई बलियो चुनौती दिन सकिरहेको छैन् । बार्सिलोना ४९ अंकमा शीर्ष स्थानमा छ ।


Swadesh Maharjan | January 13th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya