Share on:

कराँचीको दोस्रो बराबरी
December 8th, 2025

काठमाडौँ। पाकिस्तानको कराँची सिटी एफसीले साफ महिला क्लब च्याम्पियनसिपको लगातार खेलमा पनि बराबरी खेलेको छ। 


त्रिपुरेश्वस्थित दशरथ रंगशामा सोमाबार सम्पन्न खेलमा कराँचीले बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित खेल्दै अंक बाँडेका हुन्। 


यो सँगै नासरिनले पहिलो एक अंक जोडेको छ भने कराँचीले दुई खेलबाट दुई अंक जोडेको छ। नासरिन यसअघि पहिलो खेलमा नेपालको एपिएफ क्लबसँग पराजित भएको थियो।


Swadesh Maharjan | December 8th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya