Share on:

नेपालमाथि इरानको जित
October 25th, 2025

दोस्रो हाफमा दस मिनेटको अन्तरमा गरेको तीन गोलको मदतले इरानले त्रिदेशीय कपमा शुक्रबार नेपाललाई ३–० ले पराजित गरेको छ । भारतको सिलोङको जवाहरलाल नेहरु स्टेडियमा नेपालले पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको थियो ।


तर दोस्रो हाफ सुरु हुने वित्तिकै इरानले तेर्साएको चुनौतीसामु नेपाल टिक्न सकेन् । सारा डिडारले ४९ औं मिनेटमा इरानका लागि पहिलो गोल गरिन् । उनले नै ५२ औं मिनेटमा दोस्रो गोल पनि थपिन् । सबनमले ५९ औं मिनेटमा तेस्रो गोल गरिन् ।


यसअघि इरानले भारतमाथि पनि २–० को जित रचेको थियो । अब नेपालले सोमबार भारतको सामना गर्नेछ । नेपालले इरानको सामना गरेको यो दोस्रो पल्ट हो । त्यस अगाडि सन् २०१९ मा नेपालले भारतको भुवनेश्वरमा भएको वुमेन्स गोल्डकपमा ३–० ले नै पराजित गरेको थियो ।


यस जितसँगै इरानले उपाधि पनि जितेको छ ।


Swadesh Maharjan | October 25th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya