Share on:

जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरेना
March 30th, 2026

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिमो ऐरेनाले लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रिने बताएका छन् । 


एएफी एसिया कप छनोट अन्तर्गत मंगलबार हुने आफ्नो अन्तिम खेल अगाडिको पोस्ट म्यान कन्फिरेन्समा एरेनाले भने,‘ युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं । मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो । त्यसैले ५ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको छु । लाओस राम्रो टोली हो । तर, हामी भोलिको खेलका लागि तयार छौं । जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं ।’ 


ऐरेनाले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा स्थान दिएका छन् ।


यसैगरी, नेपालका कप्तान किरण चेम्जोङले पनि जित निकाल्नु नै प्रमुख उदेश्य हुने बताए । ‘मैदानमा उत्रिइसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुनेछ । राम्रो तयारी भएको छ । हामी कोचको रणनितिअनुसार नै प्रर्दशन गर्ने छौं ।’


नेपाल र लाओसविरुद्धको स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ । प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन् । दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अंक जोडेका छन् ।


हालसम्म नेपाल र लाओसविरुद्ध ६ खेल भएका छन् । जसमा नेपालले चार र लाओसले १ खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ । एएफसी कप छनोट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो ।


Swadesh Maharjan | March 30th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya