
काठमाडौं। राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब ‘ए’ डिभिजन नवप्रवेशी प्लानिङ ब्वाइज युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा दुवै टोलीले ०–० को बराबरी खेल्दै अंक बाँडे। यससँगै दुवै टोलीको लिग अंक ४–४ पुगेको छ।
खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]