Share on:

राशफोर्ड बार्सिलोनामा
July 24th, 2025

काठमाडौँ । इंग्ल्याण्डका फरवार्ड मार्कस राशफोर्ड स्पेनिस क्लब बार्सिलोना पुगेका छन्। 

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट राशफोर्डलाई बार्सिलोनाले लोनमा एक बर्षका लागि भित्र्याएको हो। 

२७ बर्षिय राशफोर्डले गत सिजन एस्टन भिल्लाबाट प्रिमियर लिगमा खेलेका थिए। उनले १७ खेलमा ४ गोल गरे।

हाल आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलोनाका लागि राशफोर्डसँगको लोन सम्झौता एक बर्षका लागि भित्र्याएको र अर्को बर्ष उनलाई किन्न सक्ने विकल्पसहित सहमति भएको रिपोर्टमा उल्लेख छ।


Swadesh Maharjan | July 24th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya