
उरुग्वेली फरवार्ड मार्टिन सान्ट्रिनोले ३९ औं मिनेटमा गरेको निर्णायक गोलको मदतले गटोफेले स्पेनी ला लिगामा सोमबार रियल म्याड्रिडलाई १–० ले पराजित गरेको छ । उपाधि होडमा रियलका लागि यो अर्को धक्का रहेको छ ।
रियल लिगमा लगातार दुई खेलमा पराजित रहेको यो सन् २०२० यता पहिलो पटक मात्र हो ।पछिल्ला साता अल्भारो अलबेलोको रियल ओसासुनाको हातबाट पनि स्तब्ध रहेको थियो । यस नतिजापछि रियल लिग तालिकाको शीर्षमा रहेको बार्सिलोना भन्दा चार अंकको दूरीमा रह्यो।
लिग तालिकामा बार्सिलोनाको २६ खेलबाट ६४ अंकमा सबैभन्दा अगाडि छ । रियल भने ६० अंकमै सीमित रह्यो । खेलको अन्त्यमा दुवै टिम दस दस खेलाडीमा सीमित रहे । जितले गेटाफे भने ३२ अंकमा ११ औं स्थानमा पुगेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]