Share on:

साफको लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा
April 21st, 2026

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप २०२६ का लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।


नविन न्यौपानेको प्रशिक्षणमा रहने टिमका लागि घोषित टोलीले वैशाख १५ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बन्द प्रशिक्षण सुरु गर्ने तालिका छ।


प्रतियोगिता मे २५ देखि जुन ७ सम्म भारतको गोवास्थित फातोर्दा रंगशालामा आयोजना हुनेछ। उपविजेता बन्दै आएको नेपालले न्यौपानेको नेतृत्वमा पहिलो पटक उपाधि जित्ने लक्ष्य राखेको छ।


प्रारम्भिक टोली

अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, बिमला बिके, बिमला चौधरी, बिर्सना चौधरी, दिपा शाही, गीता राना, हिराकुमारी भुजेल, जेनीफर राना, मानमाया दमाई, मीना देउवा, नेहा कुमारी चौधरी, निशा ठोकर, पुनम छेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, सिलु परियार, सुकृया मिया, सुषिला कुमारी र उषा नाथ रहेका छन्।


Swadesh Maharjan | April 21st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya