
काठमाडौं। माल्दिभ्समा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ।
मंगलबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले मार्च २३ देखि अप्रिल ४ सम्म हुने प्रतियोगिताको लागि धर्मेन्द्र कुँवरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो।
समूह ‘ए’मा रहेको नेपालले उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः३० बजे हुनेछ।

Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]