Share on:

विश्वकपमा युरोपका थप पाँच टिम
November 19th, 2025

युरोपेली विश्वकप छनोटबाट मंगलबार थप पाँच टिमले अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकपका लागि टिकट काटेका छन् । त्यसमा स्पेन, बेल्जियम, स्विटजरल्यान्ड, स्कटल्यान्ड र अस्ट्रिया रहेका छन् ।


स्पेनले टर्कीलाई २–२ को बराबरीमा रोक्यो र त्यो नतिजा समूह ‘सी’ जित्न पर्याप्त रह्यो । स्कटल्यान्ड भने सन् १९९८ यता पहिलो पटक विश्वकपमा पुगेको हो । त्यसका लागि उसले समूह ‘सी’ मा भएको खेलमा डेनमार्कमाथि ४–२ को जित निकाल्यो ।



बेल्जियमले भने लेचेस्टाइनलाई एकपक्षीय खेलमा ७–० ले पराजित गर्‍यो र समूह ‘जे’ मा शीर्ष स्थान हात पार्न सफल रह्यो । समूह ‘बी’ मा अहिलेसम्म अपराजित स्विट्जरल्यान्डले कोसोभोसँग १–१ को बराबरी खेल्यो र यो नतिजाले उसलाई समूह विजेता बनायो ।


यस्तै अस्ट्रियाले समूह ‘एच’ जित्नका लागि बोस्निया एन्ड हर्जगोभिनालाई १–१ को बराबरी खेलेको हो । अस्ट्रिया पनि सन् १९९८ यता पहिलो पटक विश्वकपमा छनोट भएको हो ।


Swadesh Maharjan | November 19th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya