
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा भारतले विजयी सुरुआत गरेको छ। 
त्रिपुरेस्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल बिहिवार सम्पन्न खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो। 
पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ ले जितेको भारतले तेस्रो सेट १९–२५ ले गुमाएको थियो। 
त्यसपछि चौथो सेटमा भारतले २५–१० ले आफ्नो पक्षमा पार्दै विजयी सुरुआत गरेको हो।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]