
काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत आज दोस्रो दिन तीन खेल हुँदैछन्। प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु भएकाे हाे।
आजको पहिलो खेलमा काजाकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ अन्तर्गत हुने उक्त खेल दिउँसो १२ बजे सुरु हुनेछ।
‘यस्तै, दास्राे खेल समूह ए’ अन्तर्गत भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो २ः३० बजे सुरु हुने तालिका रहेको छ।
दिनको अन्तिम तथा मुख्य खेलमा घरेलु टोली नेपालले किर्गिस्तानको सामना गर्नेछ। यो खेल साँझ ५ बजे सुरु हुनेछ।
सेमिफाइनल प्रवेशकाे लागि नेपालले याे खेल जित्नै पर्ने दबाब रहेकाे छ। यस अघि आफ्नाे पहिलाे खेलमा नेपाल भारतसँग ३–२ काे सेटमा पारजित भएकाे थियाे।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]