
काठमाडौं। काभा वुमन्स भलिबल च्याम्पियनसिप अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा काजाकिस्तानले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा निकै प्रभावशाली प्रदर्शन गरेको काजाकिस्तानले श्रीलंकामाथि ३–० को सहज जित दर्ता गरेको हो।
खेलको पहिलो सेटमा काजाकिस्तानले २५–९ को फराकिलो जित निकाल्यो। दोस्रो सेटमा श्रीलंकाले केही सुधारिएको प्रदर्शन गरे पनि काजाकिस्तानले २५–१८ ले आफ्नो पक्षमा पार्यो।
तेस्रो तथा अन्तिम सेटमा पनि काजाकिस्तानले सुरुदेखि नै दबाब कायम राख्दै २५–१५ को जित निकालेर खेल आफ्नो नाममा गर्यो।
यस जितसँगै काजाकिस्तानले प्रतियोगितामा तीन अंक जोड्दै बलियो दाबेदारी प्रस्तुत गरेको छ भने श्रीलंकाले पहिलो खेलमै पराजय ब्यहोरेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]