Share on:

दिल्लीको प्ले अफ सम्भावना कायम
May 18th, 2026

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा आइतबार राजस्थान रोयल्सलाई पाँच विकेटले हराएर आफ्नो प्ले अफ सम्भावना जीवन्त राखेको छ । यो जितले दिल्लीको १२ अंक भएको छ र सातौ स्थानमा छ ।


राजस्थान पनि समान १२ अंकमै रहेको छ र छैटौं स्थानमा छ । नयाँ दिल्लीमा भएको खेलमा राजस्थानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ९३ रन बनाएको थियो । त्यसमा ध्रुव जुरेलले ५३ र कप्तान रायन परागले ५१ रन जोडे ।


जवाफमा दिल्लीले १ सय ९४ रनको लक्ष्य सफलतापूर्वक पछयाउने क्रममा पाँच विकेटमा १ सय ९७ रन बनाएको थियो । जितसम्म पुग्दा चार बलको खेल बाँकी थियो । दिल्लीका लागि अभिषेक पोरेलले ५१ र केएल राहुलले ५६ रन बनाए ।


Swadesh Maharjan | May 18th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya