Share on:

वेस्ट ह्याम रेलिगेसनको संघारमा
May 18th, 2026

इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडले आइतबार वेस्ट ह्यामलाई ३–१ ले पराजित गरेको छ । हारले वेस्ट ह्याम रेलिगेसनको संघारमा पुगेको छ । वेस्ट ह्याम ३६ अंकमा १८ औं स्थानमा छ र उसको अब एकै खेल मात्र बाँकी छ ।


उसको अगाडि टोटनहम रहेको छ र उसको ३८ अंक छ । टोटनहमले एक खेल पनि कम खेलेको छ । न्युकासल भने ४९ अंकमा ११ औं स्थानमा रह्यो । न्युकासलको यो जितमा वलियम ओसुलाले दुई गोल गरे ।


आइतबारका अन्य खेलमा सन्डरल्यान्डले एभरटनलाई ३–१ र लिड्सले ब्राइटनलाई १–० ले हरायो ।


Swadesh Maharjan | May 18th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya