
राफिन्हाको दुई गोलको मदतले बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा रियल बेटिसलाई ३–१ ले हराएको छ र यससँगै यो सिजन आफ्नो घरेलु मैदानमा सबै खेल जितेर शतप्रतिशत प्रदर्शनको कीर्तिमान बनाएको छ ।
ला लिगा इतिहासमै आफ्नो घरेले मैदानमा भएका सबै १९ खेल जित्ने बार्सिलोना पहिलो टिम पनि बनेको छ । क्याम्प नुमा प्राप्त यो जितपछि बार्सिलोनाको ९४ अंक भएको छ । अब लिगमा एक चरणको खेल मात्र बाँकी छ ।
बेटिस भने ५७ अंकमा पाँचौं स्थानमा रह्यो । हारबा वावजुत पनि बेटिस पनि अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने संघारमा रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]