Share on:

एनपीएल २०२५ को तयारी पूरा
November 15th, 2025

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को तयारी पूरा भएको शनिबार जनाएको छ । प्रतियोगिता सोमबारदेखि कीर्तिपुरको टीयू मैदानमा सुरु हुँदैछ । पहिलो दिनको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको सामना गर्नेछ ।


शनिबार पत्रकार सम्मेलन गर्दै कुल २४ दिन सञ्चालन हुने प्रतियोगिताका लागि आवश्वयक सबै तयारी पूरा भएको र सक्दो राम्रो माहोल सिर्जना गर्ने प्रयास हुने क्यानले जनाएको हो । त्यस अवसरमा सचिव पारस खड्काले नेपालमा पहिलो पटक डे नाइट क्रिकेट हुन लागेको र यो ऐतिहासिक रहेको बताए ।


उनले त्यसका लागि क्यानले लामो समयदेखि तयारी गरिरहेको पनि दाबी गरे । ‘एनपीएल एउटा प्रतियोगिता मात्र नभएर उद्योगको रूप लिने क्रममा रहेको छ,’ खड्काले भने । प्रतियोगितको विजेताले यसपल्ट पनि एक करोड १० लाख रुपैंया प्राप्त गर्नेछ ।


क्यानले यसपल्टको प्रतियोगिताकै क्रममा ३० करोड रुपैंया देखि माथि नै आन्दानी हुने पनि विश्वास राखेको छ । त्यसमधये टिम मालिकबाट नौ करोड, ओटीटी प्रशारण अधिकारबाट पाँच करोड र टिकट विक्रीबाट आठदेखि १२ करोड रुपैंया भित्रिने मानिएको छ ।


Swadesh Maharjan | November 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya