Share on:

नेपाललाई स्कटल्यान्डले दियो १९५ रनको लक्ष्य
May 18th, 2026

काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा स्कटल्यान्ड नेपालसामु १९५ रनको लक्ष्य प्रस्तुत गर्दै १९४ रनमा समेटिएको छ। 


कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा अलआउट भएको हो।


स्कटल्यान्डका ब्रान्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ७३ रन बनाए। उनले ६ चौका र ६ छक्का प्रहार गरे। माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए। जर्ज मुन्सेले २१ तथा मार्क वाटले २० रन जोडे। अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।


नेपालका बलर ललित राजवंशीले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ४७ रन दिँदै ३ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र सोमपाल कामीले समान एक–एक विकेट लिए।


यस्तै सन्दीपले एकदिवसीय क्रिकेटमा १५० विकेट पूरा गर्दै कीर्तिमान राखेका छन्।


Swadesh Maharjan | May 18th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya