
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले दर्शक संख्या न्यून भएपछि विश्वकप लिग–२ अन्तर्गतका खेलहरूको टिकट मूल्य घटाएको छ। अब टिकट दर २०० रुपैयाँ मात्र कायम गरिएको क्यानले जनाएको छ।
क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार त्रिवि क्रिकेट रंगशालामा सञ्चालन भइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भोलि हुने नेपाल र ओमानबीचको खेलका साथै मे १२ देखि सुरु हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी त्रिकोणात्मक सिरिजका सबै खेलहरूमा पनि यही नयाँ दर लागू हुनेछ।
दर्शक उपस्थिति बढाउने उद्देश्यले टिकट मूल्य घटाइएको क्यानले स्पष्ट पारेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]