Share on:

अल नासर पराजित
May 4th, 2026

काठमाडौं। साउदी प्रो लिगअन्तर्गत अल काद्सियाले अल नासरलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। 


यस हारसँगै अल नासर ३१ खेलबाट ७९ अंकसहित शीर्ष स्थानमै कायम रहेको छ। एक खेल कम खेलेको अल हिलाल ७४ अंकसहित दोस्रो स्थानमा छ। जितसँगै अल काद्सियाले ३१ खेलबाट ६८ अंक जोड्दै तालिकाको चौथो स्थानमा आफ्नो स्थिति थप मजबुत बनाएको छ।


खेलको २४औँ मिनेटमा मोहम्मद अबुलशामतले गोल गर्दै अल काद्सियालाई अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा जोआओ फेलिक्सले गोल फर्काउँदै अल नासरलाई खेलमा बराबरी दिलाए र पहिलो हाफ १–१ को अवस्थामा सकियो।


दोस्रो हाफमा अल काद्सियाले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो। ५५औँ मिनेटमा मुसाब अल-जुवैरले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। त्यसपछि ७८औँ मिनेटमा जुलियन क्विनोनेसले गोल थप्दै अल काद्सियाको जित सुनिश्चित गरे।


Swadesh Maharjan | May 4th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya