Share on:

लिड्सलाई हराएर चेल्सी फाइनलमा
April 27th, 2026

चेल्सीले लिड्स युनाइटेडलाई आइतबार वेम्बलीमा १–० ले पराजित गर्दै एफएकपको फाइनल यात्रा निश्चित गरेको छ । अब फाइनलमा उसले म्यानचेस्टर सिटीको सामना गर्नेछ ।


खेलको एक मात्र गोल एन्जो फर्नान्डेजले गरे । प्रशिक्षक लियाम रोसेनियरको वर्खास्तीपछि चेल्सी पहिलो पल्ट खेलिरहेको हो । इंग्लिस प्रिमियर लिगमा खराव प्रदर्शन गरिरहेको चेल्सीसामु अब उपाधि जित्ने अवसर भने बनेको छ ।


आठ पल्टको एफएप विजेता चेल्सी प्रतियोगिताको फाइनल पुगेको भने १२ पल्ट हो । सन् २०२२ मा अन्तिम पटक चेल्सीले फाइनल खेलेको थियो र त्यसमा हारेको थियो ।


Swadesh Maharjan | April 27th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya