
टुरिनोले इटालीको सिरी ए मा इन्टर मिलानमाथि आइतबार २–२ को उत्कृष्ट पुर्नआगमन बराबरी निकालेको छ । मार्कस थुराम र यान बिसेकको गोलले इन्टरले दुई गोलको अग्रता लिएको थियो । तर जियोभानी सिमोन र निकालो भ्लासिचले टुरिनोका लागि गोल फर्काए ।
यो नतिजापछि इन्टरले लिग उपाधिका लागि अझै कुर्नु पर्नेछ । यो नतिजापछि इन्टर ७९ अंकमा शीर्ष स्थानमा कायम रह्यो । उसको पछाडि नेपोली ६९ अंकमा छ ।
एसी मिलान र युभेन्ट्सबीचको खेल पनि निराशजनक गोलरहित बराबरीमा टुंगियो । मिलान ६७ तथा युभेन्ट्स ६४ अंकमा शीर्ष शीर्ष चारभित्र छन् र अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने संघारमा छन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]