
गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न “गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३” का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ।
प्रतियोगितामा सहभागी ११ जिल्लाका खेलाडी मध्ये ६ अंक जोडेर प्रथम स्थान हासिल गर्ने रौतहटका एफएम रुपेश जैसवालले नगद रु. २५,००० नगद पुरस्कार प्राप्त गरेका छन्।
नेपाल च्याम्पियन रुपेश जैसवालले अन्तिम चरणमा सिएम पुरुषोत्तम सिलवाल माथि बराबर उन्मुख खेललाई आफ्नो अनुकुल कठिन जीतमा परिणत गरि उपाधि जितेका छन्।

यस्तै पाँचथरका रिसोन थापा ५.५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय हुदै नगद रु. १५,००० हात पारेका छन्। काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल तृतीय स्थान हासिल गरेर नगद रु. १०,००० प्राप्त गरे।
त्यसैगरी काठमाडौंका केशब श्रेष्ठ, बद्रीलाल नेपाली, कास्कीका बिनोद नाल्मि, खोटाङका धिरेन राई, ललितपुरका राजन पुरी, काठमाडौंका प्रविर के.सि. र ललितपुरका सुरोज महर्जन चौथोदेखि दशौँ स्थान कब्जा गर्दै प्रतियोगिता अन्त्य गरेका छन्।
चौथो देखि दशौं स्थानका खेलाडीहरूलाई क्रमशः नगद रु ८ हजार, ६ हजार, ३ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो।
यस प्रतियोगितामा विभिन्न विधागत पुरस्कार जित्नेमा सुदिन नेपाल, तारामान श्रेष्ठ, सियोन रिमाल, सविन खतिवडा, सङ्दिल श्रेष्ठ, मनसुन रिमाल, श्रेया रिमाल, सुभाना श्रेष्ठ, उत्सव बराल, सुरज लामा, गोविन्द बराल, मोहन सिं प्रधान, सौर्य प्रताप सिं कार्की, नवीन तण्डुकार, गणेशमान दुवाल, कोसिस मणि रिमाल, सात्विक मान तुलाधर, रिहान्सु पौडेल उत्कृष्ट बनेका छन्।
गल्छि गाउँपालिकाका अध्यक्ष केदार खतिवडा, वडा १. अध्यक्ष यदुकुमार खतिवडा, बुद्धिचाल महासंघका सचिवालय सदस्य राजु ताम्राकार, शिक्षा अधिकृत धिरज बस्नेत लगायतले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन्।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]