
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनको हातबाट ३–३ को बराबरीमा रोकिएको छ र यो नतिजा उसका लागि ठूलो धक्का रहेको छ । एभरटनका लागि थिएर्नो बेरीले दुई गोल गरे । यस्तै सिटीका तर्फबाट जेरेमी डोकुले दुई गोल फर्काए ।
यो नतिजापछि सिटी ७१ अंकमा दोस्रो स्थानमा रह्यो । आर्सनल भने एक खेल बढी खेलेर ७६ अंकमा शीर्ष स्थानमा छ । अब सिटीका लागि उपाधि होड उसको नियन्त्रणमा रहेन् र आर्सनलले २२ वर्षयता पहिलो पटक लिग जित्ने सम्भावना बढेको छ ।
अर्को प्रमुख खेलमा नटिंघम फरेस्टले चेल्सीलाई ३–१ ले हरायो । त्यसमा फरेस्टका लागि टाइओ एवानियीले दुई गोल गरे । यो जितले फरेस्टको ४२ अंक भएको छ र रेलिगेसनबाट जोगिने लगभग निश्चित जस्तै भएको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]