
स्पेनी ला लिगामा एल्चे र रियल सोसिडाडले शनिबार राति १–१ को बराबरी खेलेका छन् । एल्चेले आफ्नो घरेलु मैदान यानुएल मार्टिनेज भालेरोमामा अगाडि रहेको स्थितिबाट बराबरीमा चित्त बुझाएको हो ।
एल्चेले ५७ औं मिनेटमा एल्भारो रोड्रिग्वेजको गोलले अग्रता लिएको थियो । तर मिखेल आयारजबलले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गरेपछि सोसिडाड एक अंक बटुल्न सफल रह्यो ।
यो नतिजापछि एल्चे १२ खेलबाट १५ अंकमा नवौं स्थानमा रह्यो । सोसिडाड भने समान १२ खेलबाट १३ अंकमा संघर्ष गरिरहेको छ र १४ औं स्थानमा छ । यो रेलिगेसन क्षेत्रबाट चार अंक मात्र अगाडि हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]