
काठमाडौँ । साविक विजेता रियल मड्रिड युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्ल लिभरपुलसँग पराजित भएको छ।
घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा रियल लिभरपुलसँग २–० ले पराजित भएको हो।
लिभरपुलको जितमा एलेक्सिस म्याक अलेस्टर र कोडी गाक्पोले गोल गरे।
जितसँगै लिभरपुल च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले पाँच खेलमा सबै खेल जितेर १५ अंक जोडेको छ।
यता, पराजित रियल मड्रिडको भने यस सिजनको च्याम्पियन्स लिगमा यो तेस्रो हार हो। पाँच खेलबाट मात्र ६ अंक रहेको रियल २४औँ स्थानमा छ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]