Share on:

लियोन र भिल्लाको अन्तिम १६ निश्चित
January 23rd, 2026

लियोन र एस्टन भिल्लाले बिहीबार युरोपा लिगमा जित निकाल्दै प्रतियोगिताको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित बनाएका छन् । यी दुवै टिम सात खेलबाट १८ अंकमा शीर्ष दुई स्थानमा छन् । लियोन गोल अन्तरले मात्र पहिलो स्थानमा रहेको हो ।


लियोनले योङ ब्वाइजलाई १–० ले पराजित गरेको हो र त्यसमा एइन्सली माइटल्यान्डले निर्णायक गोल गरे । यस्तै जाडोन सान्चोको गोलमा भिल्लाले फेनेबाचेलाई १–० ले हराएको हो । फ्रेबर्ग भने १७ अंकमा तेस्रो स्थानमा छ र उसले मकाबी टेल अभिभमाथि १–० कै जित रच्यो ।



च्याम्पियन्स लिगमा जस्तै युरोपा लिगमा पनि लिग चरणको अन्त्यमा शीर्ष आठ स्थानमा रहने टिम स्वतः अन्तिम १६ मा पुग्नेछन् । ती अन्तिम चरणका १८ खेल एकै समय अब बिहीबार हुनेछन् ।


Swadesh Maharjan | January 23rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya