काठमाडौँ । फिफा क्लब विश्वकप अन्तर्गत इटालियन क्लब इन्टर मिलान मेक्सिकन क्लब मोन्टेरीसँग बराबरीमा रोकिएको छ।
बुधबार बिहान सम्पन्न समुह इ अन्तर्गतको खेलमा मिलान र मोन्टेरी १-१ गोलको बराबरीमा रोकिएका हुन्।
मोन्टेरीका लागि सर्जियो रामोसले खेलको २५औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ४२औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानका लागि बराबरी गोल गरे।
यसअघि यसै समुहको अर्को खेलमा रिभर प्लेटले उर्वा रेड्सलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।
समुह 'इ' मा रिभर प्लेटको ३ अंक भएको छ भने इन्टर मिलान र मोन्टेरीको एक एक अंक भएको छ। त्यस्तै उर्वा रेडस अंक विहिन रहेको छ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]