Share on:

भिल्लासँग लिभरपुलको लज्जाबोध हुने हार
May 16th, 2026

एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शुक्रबार लिभरपुलमाथि ४–२ को जित आत्मसात् गरेको छ । लिभरपुलका लागि भने यो लज्जाबोध हुने हार रह्यो । यो नतिजापछि भिल्लाले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ ।


तर लिभरपुलको यस्तै सम्भावना अझै अनिश्चित रह्यो । लिभरपुल पाँचौं स्थानमा झरेको छ र उसको ३७ खेलबाट ६२ अंक छ । यो सिजन लिगमा लिभरपुलको यो १२ औं हार हो ।


बर्नमाउथ भने ५५ अंकमा छैटौं स्थानमा छ । उसका दुई खेल खेल्न बाँकी छन् र लिभरपुललाई उछिन्न सक्ने अवसर छ । भिल्लाका लागि ओली वाट्किन्सनले दुई गोल गरे भने मोर्गन रोजर्स र जोन म्याक गिनले एक एक गोल थपे । लिभरपुलबाट दुवै गोल भर्जिल भान डाइकले गरे ।


Swadesh Maharjan | May 16th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya