
आन्द्रले दोस्रो हाफको इन्ज्युरी समयको गरेको गोलको मदतले उल्भ्सले इंग्लिस प्रिमिय लिगमा मंगलबार लिभरपुललाई २–१ ले पराजित गरेको छ । उल्भ्सले रोड्रिगो गोमेसको गोलले अग्रता लिएपछि मोहमद सलाहले बराबरी गोल फर्काएको हो ।
लिग तालिकाको सबैभन्दा अन्तिम स्थानमा रहेको उल्भ्सको अब १६ अंक भएको छ । लिभरपुल भने ४८ अंकमा पाँचौं स्थानमा छ र यो उसका लागि च्याम्पियन्स लिग छनोटमा यो अर्को धक्का रहेको छ ।
दिनका अन्य खेलमा एभरटनले बर्नलीलाई २–० र सन्डरल्यान्डले लिड्स युनाइटेडलाई १–० ले हरायो । बर्नमाउथ र ब्रेन्टफोर्डका खेल भने गोलरहित बराबरीमा समाप्त भयो ।
लिभरपुल सन् २०१७ यता डिफेन्डिङ च्याम्पियनका रूपमा पुछारमा रहेको टिमविरुद्ध पराजित हुने टिम भएको छ । त्यति बेला चेल्सी क्रिस्टल प्यालेससँग हारेको थियो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]