Share on:

ठूला टिम जति सबै विजयी
October 10th, 2025

युरोपेली विश्वकप छनोटको बिहीबार भएका खेलमा ठूला टिम सबै विजयी भएका छन् । त्यसमध्ये समूह डेनमार्कले बेलारुसलाई ६–० र स्कटल्यान्डले ग्रिसलाई ३–१ ले हरायो ।


यस्तै नेदरल्यान्ड्सले माल्टालाई ४– र अस्ट्रियाले सान मारिनालाई १०–० ले पराजित गर्‍यो । डेनमार्कले प्राप्त गरेको सजिलो जितमा रसमन होजलन्ड र आन्द्रेस ड्रेयरले दुई दुई गोल गरे ।


अस्ट्रियाको ठूलो अन्तरको जितमा मार्को आरनाटोभिच एक्लैले चार गोलसहित आफ्नो ह्याट्रिक पूरा गरे । यससँगै उनी अस्ट्रियाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । आफ्नो देशका लागि उनको गोल संख्या कीर्तिमान ४५ पुगेको छ ।


Swadesh Maharjan | October 10th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya