काठमाडौं । नेपालका सुनिल खड्काले एक मिनेटमा सर्वाधिक क्ल्याप पुल–अप्सको गिनिज विश्व कीर्तिमान बनाएका छन् ।
उनले ३२ पटक क्ल्याप पुल–अप्स गर्दै यसअघि अमेरिकी नागरिकको नाममा रहेको कीर्तिमान आफ्नो नाममा ल्याएका हुन् । यसअघि सन् २०१५ मा अमेरिकाका ब्लेक अस्टिनले ३० पटकको कीर्तिमान कायम गरेका थिए ।
काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा सुनिल खड्काले यसबारे जानकारी दिए ।
खड्काले क्यालिस्थेनिक्स विधा अन्तर्गत किर्तिमान रचेका हुन् ।
खड्काले नेपालीहरूका लागि गर्वको क्षण भएको र नेपालका एथलिटहरु कुनै देशभन्दा कमजोर नरहेको बताए ।
“मैले यसअघि यो कीर्तिमान १० वर्षदेखि कसैले तोड्न नसकेको पाए । आफू यही क्षेत्रमा भएको हुँदा प्रयास गर्छु भन्नेमात्रै सोच थियो । तर, कीर्तिमान नै आफ्नो नाममा ल्याउन सफल भए,” पत्रकार सम्मेलनमा खड्काले भने “कीर्तिमान बनाउनु नै मेरो लक्ष्य थिएन । तर, मेरो कीर्तिमानले नेपालका अरु युवा प्रेरित हुन् भनेर गरेर देखाए ।”
२५ वर्षीय खड्का पेशाले एरोस्पेस इन्जिनियर हुन् । उनले अबको आफ्नो लक्ष्य क्यालिस्थेनिक्स वल्र्ड च्याम्पियनसिपमा च्याम्पियन बन्दै नेपालका झन्डा फहराउने रहेको बताए ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]