Share on:

फाइनलमा कर्णाली याश्विज र ललितपुर क्विन्स खेल्दै
November 15th, 2025

काठमाडौं, एभरेष्ट महिला भलिबल लिगको फाइनलमा आज कर्णाली याश्विज र ललितपुर क्विन्स खेल्दैछन्। 


लिगमा शप्रतिशत जितसँगै कर्णाली उपाधि रक्षा गर्ने अभियानमा छ। लिग चरणका सबै खेलमा जित हासिल गरेकाे कर्णाली दाेस्राे पटक पनि च्याम्पियन बन्ने दाउमा छ। यता, ललितपुरले गत सिजन फाइनलको बदला लिन चाहन्छ। 


लिग चरणको अन्तिम खेलमा शुक्रबार कर्णालीले पुनरागमन गर्दै ललितपुरलाई ३–१ ले पराजित गरेकाे थियाे।



Swadesh Maharjan | November 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya